Connect with us
Kapilvast Forest

निजी अस्पतालमा उपचार गराउन लैजाने पैसा नहुँदा गर्भवतीको मृत्यु

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

death

विराटनगर -प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका(६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याए ।

प्रसव पीडामा रहेकी उहाँलाई अस्पतालले भर्ना गर्न मानेन । उहाँहरुसँग निजी अस्पताल लैजान खर्च थिएन ।मध्यरातमा खर्च जोहो गर्दागर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ ।

स्थानीय अक्षय सहनीका अनुसार यसअघि दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेकाले तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले फिर्ता पठाएको हो ।

ज्याला मजदुरी गरेर जीविका चलाएको आएको ऋषिदेव परिवारसँग निजी अस्पताल जान पैसा भएन । ‘पारिवारिक आर्थिक अवस्था कमजोर थियो ।
कांग्रेसका प्रदेश(१ सचेतक कार्कीले पनि अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यु भएको बताउनु भयो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन नमिल्ने बताउनु भयो । कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने उहा को दाबी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,