Connect with us
Kapilvast Forest

नेकपा स्थायी कमिटी बैठक: अध्यक्षद्वयको सहमतिको प्रस्ताव पारितआजै सक्‍ने तयारी

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

nekapa

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रस्तावमा आजको बैठकमा छलफल हुनेछ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकमा ओलीको राजीनामाको बिषयले प्रवेश पाएपछि विवाद चर्किएको थियो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले त्यही प्रतिवेदनलाई केही संशोधनसहित स्थायी कमिटीमा पेस गर्नका लागि सहमति प्रस्ताव तयार पार्नु भएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री र अध्यक्ष दाहालले एकता महाधिवेशनसम्म पार्टीका सबै अधिकार सम्हाल्ने उल्लेख गरिएको छ। नेकपाभित्र दुई अध्यक्षहरू क्रमशः ओली र दाहालको अधिकार स्पष्ट नभएका कारण विवाद निम्तिने गरेको छ।

प्रस्तावमा पार्टी एकतालाई महत्वका साथ आत्मसाथ गर्ने, पार्टीलाई पद्धती र संस्थागत तुल्याउने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठानिक क्षेत्रहरुमा प्रभावकारी रुपमा चलाउने, केन्द्रीय कमिटीको निर्णय अनुसार चैतमा पार्टीको एकता महाधिवेशन गर्ने, सरकारको कामको समीक्षा गर्दै प्रभावकारी बनाउनुपर्ने, संसदीय दललाई सशक्त बनाउने प्रस्ताव गरिएको छ।

यस्तै, प्रदेश र स्थानीय निकाय सरकारको भूमिका प्रभावकारी बनाउने, नेपालका सिमा समस्या समाधान गर्ने, कोरोना भाइरस रोकथाम, न्यूनीकरण, उपचार र आर्थिक पुनःस्थापना गराउने, बाढी पहिरोबाट सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्‍न गर्ने, प्रतिष्ठानको व्यवस्थापन र सञ्चालनको विधि निश्चित गर्ने तथा अमेरिकी परियोजना एमसिसीको बिषयमा आवश्यक छलफल गरेर अघि बढ्ने कुरा सहमतिको प्रस्तावमा उल्लेख छ। दुई अध्यक्षले पार्टी र सरकारमा बाँकी रहेका विषय प्याकेजमै टुङ्ग्याएर अघि बढ्ने रणनीति बनाएका छन्।

त्यही अनुसार पार्टीका बाँकी काम सक्दै सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेर, राजनीतिक नियुक्तिसहितलाई टुंगोमा पुर्‍याउने समझदारी दुई अध्यक्षले गरिसकेका छन्। कार्यदलको प्रतिवेदनमाथि उठाएको प्रश्‍नप्रति अध्यक्षद्वयले स्थायी कमिटीका लागि बनाएको सहमतिको प्रस्तावमा समेत अटाउन नसकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल रुष्ट छन्। आज बसेको बैठक अध्यक्षद्वयको सहमतिको प्रस्ताव पारित गरेपछि आजै सक्‍ने तयारी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,