Connect with us
Kapilvast Forest

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

butwal corona

बुटवल -नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ ।बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनु भयो ।

उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,