Connect with us
Kapilvast Forest

थप एक हजार ४सय ५४ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति संक्रमित ?

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

corona

काठमाडौं -नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बतााउनु भयो।

प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारा र महोत्तरीमा २÷२, रौतहटमा ६, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ४२ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ११, चितवनमा ७४, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ३८, मकवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ३८, पर्वतमा २, लमजुङमा ६, स्याङजामा ४ जनामा कोरोना भेटिएको छ। कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, प्युठानका १३, बर्दियाका १, बाँकेका १८, रुकुम पूर्वका ११, रुपन्देहीका १ सय २ र रोल्पाका ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा २६ जना, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ६७ र डोटीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,