Connect with us
Kapilvast Forest

नेकपाको निर्णयः कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डलाई,नेकपाको महाधिवेशन चैतमा

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

nekapa

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।  आज बसेको नेकपाको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी दिएको हो । केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोल्नु भएको थियो । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,