Connect with us
Kapilvast Forest

उपसभापति पौडेलको सम्झनामा शोक सभा सम्पन्न

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

खग प्रसाद चापागाई, कपिलवस्तु-

नेपाली काँग्रेस कपिलवस्तु नगर कार्य समितीका उपसभापति सोमनाथ पौडेलको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । नेपाली काँग्रेस कपिलवस्तु नगर ईकाई समितीको आयोजनामा बिपी स्मृती भवन तौलिहवामा शोकसभा आयोजना आयोजना गरिएको थियो । भदौ १८ गते काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ५३ बर्षको उमेरमा असामयिक निधन भएका पौडेल पार्टीको वफादार कार्यकर्ता रहेको शोकसभामा उपस्थित नेताहरुले बताए ।

पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यले स्वर्गिय पौडेलले पार्टी प्रति योगदान दिई पार्टी कार्यमा सदैव क्रियाशिल रहेकाले पार्टीले उनका कार्यको मुल्याङ्कन गर्नु पर्ने बताए । पुर्व जिल्ला सभापति सुधाकर पाण्डेयले पौडेलको असामयिक निधनले सिङ्गो पार्टी शोकाकुल भएको बताए । स्वर्गिय पौडेलको कार्यको मूल्याङ्कन गर्नु र परिवारको ख्याल गर्नु पार्टीको दायित्वमा पर्ने प्रदेश २ (ख) का सभापति तथा यशोधरा गाँउपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले बताए ।

सो अवसरमा पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले फोन मार्फत दिएको शोक सन्देश सभाका सहभागीलाई सुनाईएको थियो । पार्टीका नगर सभापति प्रशान्त कार्कीको अध्यक्षता, सहसचिव अर्जुन चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका पुर्व जिल्ला सचिव सुरेश शर्मा, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार र वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शोक मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,