Connect with us
Kapilvast Forest

भारतीय दुतावास र महाराजगंज नपाको सहयोगमा शिवभारीमा भवन शिलान्यास

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

news-maharajganj

कपिलवस्तु-
भारतीय दुतावासको सहयोगमा कपिलवस्तुको महाराजगंज नगरपालिका ९ शिवभारीमा दुई तल्ले विद्यालय भवनको शिलान्यास भएको छ । शिवभारी माध्यमिक विद्यालयमा भारतिय दुतावासको रु ३ करोडको लागत र महाराजगंज नगरपालिकाको ७५ लाखको लागतमा भवनको शिलान्यास गरिएको हो ।

भवन शिलान्यास गर्दै महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम लामो समयको सर्घष पश्चात भवनको निर्माण कार्य सुरु गर्न पाएको बताउनु भयो । भवन बनेपछी शिवभारी क्षेत्रका बालिकाहरुलाई अध्ययन गर्न सजिलो हुने नगर प्रमुख कलामले जानकारी दिनु भयो ।

उक्त भवनको दुई बर्षमा निर्माण कार्य सम्पन्न हुने विद्यालयका प्राधानाध्यपक सुरेन्द्रमणी चौधरीले बताउनु भयो । महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, उपा प्रमुख शुभावती कुर्मी, विद्यालयका प्राधानाध्यपक सुरेन्द्रमणी चौधरीले भवन शिलान्यास गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,