Connect with us
Kapilvast Forest

प्रदेश नम्बर पाँचमा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

pardesh-5.jpg

बुटवल -नेपाल युवा परिषद, मास्टरपिस एनवाईसी नेपाल,नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजनामा प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु भएको छ ।सम्मेलनमा प्रमुख अतिथि, प्रदेश नं. ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नं.५ का युवाहरुलाई कृषि, पर्यटन र उद्यमशिलतामा लाग्न अनुरोध गर्नुभयो ।

साथै उहाँले आफ्नो राष्ट्रमा नै बसी श्रम गर्नुपर्ने र युवाहरुलाई सुलभ कर्जामा सहज पहुुँच हुने वातावरण मिलाउनुु पर्नेमा जोड दिनुभयो ।तिलोत्तमा नगरपालिका, रुपन्देहीका नगर प्रमुख बासुदेव घिमिरे र बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले युवाहरू समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

सम्मेलनमा प्रदेश नं.५ का बाह्र वटै जिल्लाबाट २५० बढी युवाहरुले सहभागिता जनाएका छन् । सम्मेलन आजसम्म चल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,