Connect with us
Kapilvast Forest

सामुहिक वलात्कार गर्ने होटल सञ्चालक सहित ४ जना पक्राउ

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

rape

कैलाली-२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका ४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त होटलका संचालक कञ्चनपुर भिमदत्त नगरपालिका ९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका १ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका २ बस्ने २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका १ बस्ने २१ वर्षीय टंक धामी रहेको प्रहरीले जनाएको छ।

उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको उजुरी पछि प्रहरीले उहाँहरुलाई पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,