Connect with us
Kapilvast Forest

सरकारको निर्णयअनुसारै असोज १ देखि चलाउने व्यवसायीको अडान

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

bus park

काठमाडौँ – गत बुधबार काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाभित्र १६ सिटभन्दा माथिका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गर्‍यो ।

यात्रुवाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्ने, सहचालकले पञ्जा लगाउने रसवारी साधन अनिवार्यरूपमा दैनिक निःसंक्रमित गर्नुपर्नेजस्ता आदेश पनि जारी भयो ।

सोहीअनुरूप भदौ ३ गतेदेखि काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा गत बिहीबारदेखि खुकुलो भएसँगै अहिले सडकमा जोरबिजोर नम्बरका आधारमा सार्वजनिक सवारीसाधनले सेवा दिन थालेका छन् ।

यता सरकारले पहिलो चरणमा उपत्यकाभित्र ठूला सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरे पनि उपत्यकाभन्दा बाहिरका लागि यातायात सेवाका बारेमा भने स्पष्ट पारेको छैन ।

यसअघि सरकारले लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो । यातायात व्यवसायीहरू पनि सोहीअनुसार असोज १ गते नै लामो दूरीका सवारी साधान सञ्चालन गर्ने तयारीमा छन् । व्यवसायीहरूको अडानबारे सरकार मौन रहेको छ ।

झण्डै ६ महिनादेखि ठप्प रहेको यातायात आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने सहज वातावरण बनाइदिन व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन् ।शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर असोज १ गतेदेखि गाडी चलाउने जानकारी गराएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,