Connect with us
Kapilvast Forest

पहिलो एकदिवसीयमा अष्ट्रेलिया विजयी

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

एजेन्सी – इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ ।म्यान्चेष्टरमा शुक्रबार भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो ।

तीन म्याचको एकदिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ ।२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सक्नु भएन । जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाउनु भएको थियो । अन्यको खेलाडीको प्रर्दशन उल्लृख्य रहन सकेन ।

अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिनु भयो ।यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङ्स खेलनु भयो ।

छैटौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए ।त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाउनु भयो ।कप्तान आरोन फिन्च १६ रनमा आउट हुँदा ओपनर डेभिड वार्नर ६ रनमा पेभेलियन फर्किनु भयो ।

इंग्ल्यान्डका मार्क उड र आर्चर जोफ्राले ३र३ विकेट लिनु भयो । आदील राशिदको नाममा २ विकेट रह्यो ।तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ । यस्तै अन्तिम खेल बुधबार हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,