Connect with us
Kapilvast Forest

असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

netकाठमाडौं-अनलाइन कक्षालाई प्रभावकारी बनाउन विद्यार्थीलाई असोज देखि निशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । भदौ १९ को मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आउँदो असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तर्गत विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट दिने विषय उल्लेख छ । ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डेटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा भनिएको छ ।

यस्तो डेटा तथा इन्टरनेट शैक्षिक प्रयोजनका लागि मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । यो निर्देशिका आउँदो असोज १ गतेबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय र सरोकारवालालाई पत्राचार गरिसकेको छ ।

निर्देशिका कार्यान्वयनका लागि जारी सूचनामा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तीन वटै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,