Connect with us
Kapilvast Forest

गाडी धनीले आफ्नै बसभित्र विष सेवन गरी आत्महत्या

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

सल्यान-तुलसीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै विष सेवन गरी आत्महत्या गरेका छन्।सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं। १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरि आत्महत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आत्महत्या गरेको जानकारी दिनु भयो।

बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेको डिएसपी सिंहले बताउनु भयो ।बस्नेत आफै साहु र चालक समेत रहनुहुन्थ्यो ।डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,