Connect with us
Kapilvast Forest

प्रहरी हिरासतमै मृत भेटिएका थुनुवाको अनुसन्धानका लागि छानविन समिति गठन

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

कैलाली-जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थुनुवा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनसन्धानका लागि छानविन समिति गठन गरेको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहका अनुसार घटनाको अनुसन्धानका लािग प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।

छानविन समितिमा एसपी बस्नेतसहित चारजना छन् ।शुक्रवार बिहान हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका धनगढी उपमहानगरपालिका–५ का रोशन विकलाई भदौ २२ मा चोरी मुद्दामा पक्रेर प्रहरीले थुनामा राखेको थियो ।

प्रहरीले सर्टको पासोमा झुण्डेर आत्महत्या गरेको भनेपनि मृतकका आफन्तले उनको शरीरमा चोटपटक देखिएको हुनाले कुटपिटबाट मृत्यु भएको दावी गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,