Connect with us
Kapilvast Forest

अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

parbat

 

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विद्यार्थीको भविष्य हेरेर अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनु भएको छ।

मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दुव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह आग्रह गर्नु भएको छ ।

आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वानगनुृ भयो ।

मन्त्री गुरुङले कोभिड १९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने पनि स्पष्ट पार्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,