Connect with us
Kapilvast Forest

दैलेखमा छिमेकीको गोरु काटेको आरोपमा एक जना पक्राउ

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

pakrau fiture

दैलेख -दैलेखमा छिमेकीको हल गोरु काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।भैरवी गाउँपालिका २ रावतकोटका कमल थापाले बारीमा बाँधेका हल गोरु काटेको भन्दै छिमेकी २२ वर्षका राजेश विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियारले काटेको एउटा गोरु मरिसकेको र अर्को गम्भीर घाइते भएको किटानी जाहेरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २८९ उपदफा ९२० मा गाई वा गोरु मार्ने व्यक्तिलाई तीन वर्ष कैद अनि अङ्गभङ्ग बनाए ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,