Connect with us
Kapilvast Forest

नेपालमा थपिए १२०२ कोरोना संक्रमित

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

corona

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनु भयो ।

पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ थियो ।पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,