Connect with us
Kapilvast Forest

शितगंगामा सरसफाइ अभियान

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

sitaganga
डमरु दहको सरसफाइ गर्दै

अर्घाखाँची-शितगंगा नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र डमरु दहको आज सरसफाइ गरिएको छ । शितगंगाका युवाहरुको सकृयतामा डमरु दहको सरसफाइ गरिएको हो ।

सरसफाइ अभियान स्थानिय नारायण अधिकारी तथा हरि खनालको नेत्तृत्वमा सुरु भएको सरसफाइ अभियान शितगंगाका विभिन्न स्थानहरुमा सञ्चालन हुने सरसफाइ अभियानका हरि खनालले बताउनु भयो । डमरुदह क्षेत्रमा कमलपोखरी युवाकल्वको सहकार्यमा सरसफाइ सम्मपन्न भएको छ ।

क्लवमा अध्यक्ष सचिन बोहोराले सरसफाइ अभियानमा कल्वको सहभागित हरेक स्थानमा रहने बताउनु भयो । स्थानियतहहरुले महत्त्वपुर्ण स्थानहरु समेत सरसफाइमा कुनै चासो नदेखाए पछि युवाहरु अगाडि सरेको शितगंगा सरसफाइ अभियानका नारायण अधिकारीले बताउनु भयो ।

हरेक हप्ताको सनिबार सरसफाइमा लाग्ने गरि शितगंगा सरसफाइ अभियान सुरु गरिएको छ । हरेक स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दन स्थानिय कल्वहरु सँग सहकार्य गरि अभियान सञ्चालन गर्ने सरसफाइ अभियानका युवाहरुले बताएका छन ।

अभियान स्वरुप आज पहिलो पटक डमरु दहको सरसफाइ गरिएको हो । अत्याधिक फोहोरल् भरिएको दहक्षेत्रमा स्थानियको बाकलो उपस्थितिमा सरसफाइ गरिएको हो । करिव ३ घण्टा गरिएको सरसफाइ बाट दहकमे सुन्दरता समेत बढेको उक्त क्षेत्रमा छुटेको क्षेत्र आगामी सनिबार पुरागर्ने तयारी छ।

सरसफाइ कार्यक्रममा इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख सहितकम् टोली , स्थानिय वडा सदस्य चिन्ताराज अधिकारी ,कमलपोखरी युवा कल्वका सदस्यहरु स्थानिय युवा तथा विभिन्न राजनितिक दलका पधाधिकारी लगायतको उपस्थित थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,