Connect with us
Kapilvast Forest

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान नियुक्ति हुने

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

kulman

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ। आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्नुहुने भएको हो । कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदै छ।

कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो। यसअघि प्रधानमन्त्री ओलीले नै घिसिङलाई कुलमानलाई पुनस् नियुक्ति गर्न विषयमा आनाकानी गर्दा कुलमानलाई पुनस् नियुक्ति गर्ने विषय अन्योल भएको थियो। शुक्रबार सत्तारूढ पार्टी नेकपाको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीसँग कुलमानबारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो ।

उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्‍याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ। ‘हिजोको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएपछि कुलमान सरलाई नै पुनस् नियुक्ति दिने काम अघि बढेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘उहाँलाई पुनस् नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदका लागि चाहिने आवश्यक कागजात ऊर्जा मन्त्रालयले तयार पारिसकेको छ।’ हिजोको छलफलपछि प्रधानमन्त्रीले पनि कुलमानलाई नै पुन नियुक्ति गर्नका लागि आवश्यक तयारी गर्न मन्त्री पुनलाई निर्देशन दिएको मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिनु भयो ।

‘कुलमानलाई नै पुनस् नियुक्ति गर्ने तयारी गर्नुस्,’ प्रधानमन्त्रीलाई उदृत गर्दै भट्टले भन्नु भयो । भट्टले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले कुलमानलाई नियुक्ति दिने तयारी छ। यसअघि, गत बिहीबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री पार्टीको बैठकको लागि व्यस्त रहेकाले शुक्रबारको लागि सरेको थियो।

शुक्रबार पनि नेकपाको स्थायी कमिटी बैठक भएकोले बैठक आइतबारको लागि सरेको छ। आइतबार बैठक नबसे सोमबार पक्का बस्ने बताइएको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए। विद्युत् प्राधिकरणको नियमावलीमा पुन नियुक्तिको व्यवस्था भने छैन।

‘प्राधिकरणको नियमावलीमा पुनस् नियुक्ति गर्ने भन्ने कार्यव्यवस्था केही उल्लेख छैन,’ ऊर्जा मन्त्रालय स्रोत भन्छ, ‘अब फेरि कुलमान सर नियुक्ति हुँदा नयाँ व्यक्ति नियुक्ति भए जस्तै नै हो। नियमावलीमा मन्त्रिपरिषदले सिधै नियुक्ति गर्न मिल्ने व्यवस्था छ।’

नेपालमा १८ घण्टा बढी लोडसेडिङ भइरहेको समयमा विद्युत् प्राधिकरण सम्हाल्न आइपुगेका घिसिङले नेपाललाई लोडसेडिङमुक्त पारेका हुन्। त्यस्तै, घाटामा रहेको प्राधिकरणलाई अर्ब नाफा गर्ने संस्थाको रुपमा पनि पुर्‍याएका छन्।

घिसिङले केही दिनअघि मात्रै प्रधानमन्त्री र ऊर्जामन्त्रीको सहयोगले सफल भएको बताएका थिए। त्यस्तै, गत बुधबार मात्रै पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीचको छलफलमा पनि प्रचण्डले कुलमानलाई पुनस् नियुक्ति दिनुपर्ने प्रस्ताव राखेको बताइएको छ। प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएको बुझिएको छ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,