Connect with us
Kapilvast Forest

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

जनकपुरधाम -फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ ।जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताउनु भयो । मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो ।

अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिनु भयो । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,