Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा पहिरोले कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

सिन्धुपाल्चोक पहिरो: १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने
file photo

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रवीसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् ।बाह्रवीसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिनु भयो ।

भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको सूचना आएको छ, जुमखर्कमा पहिरो गएको जानकारी आएको छ त्यताको क्षतिबारे जानकारी आइसकेको छैन,’ मेयर शेर्पाले भन्नु भयो ,’कम्तिमा २०(२५ जना मानिस बेपत्ता भएको खबर छ।’

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

नागपुजेका ८ घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,