Connect with us
Kapilvast Forest

भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

corona

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,