Connect with us
Kapilvast Forest

टिप्परको ठक्करबाट बुटवलमा कपिलवस्तु घर भएका प्रहरी जवानको मृत्यु

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

बुटवल -पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट बुटवलमा एकजना प्रहरी जवानको ज्यान गएको छ । साथै उक्त घटनामा परि एक जना प्रहरी जवान घाईते छन । दुर्घटनामा परि जिल्ला प्रहरी कार्यालय बाग्लुंङबाट बिदा लिएर घर आएका प्रहरी जवान श्रेष्ठ र सोही कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु १ ख ८९९ नं को टिप्परले अगाडीबाट ठक्कर बाट
कपिलबस्तु नगरपालिका वडा नं ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुंङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो ।प्रत्यक्षदर्शीका अनुसार टिप्परले उनीहरु सवार स्कुटर सहित दुवैजनालाई करिव ५० मिटर पर सम्म लतारेको थियो ।

टिप्परको ठक्कर बाट गम्भिर चोट लागेको र उपचारका क्रममा भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा घाईते प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाचिएको र सोही मेडिकल कलेजमा उपचार भई रहेको तथा अवस्था समान्य हुदै गएको प्रहरीले जनाएको छ ।घटनामा सम्लग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने घटनास्थलबाटै फरार रहेको प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,