Connect with us
Kapilvast Forest

आज बिहानै देखि मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

rain

काठमाडौं- काठमाडौं उपत्यका लगायतका ठाउँमा आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा बिहान ५स्३० देखि वर्षा भइरहेको हो। यो क्रम अझै दुई घण्टाजति जारी रहने सम्भावना छ।

‘उपत्यकामा कतै हल्का, कतै मध्यमसम्म वर्षा भइरहेको विभागले जनाएको छ । बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकालगायत पहाडी स्थानमा वर्षा भइरहेको छ ।

यसैगरी अहिले प्रदेश १, २ र प्रदेश ५ का तराई क्षेत्रमा पनि वर्षा भइरहेको छ। ‘विशेष गरी अहिले तराई क्षेत्रमा वर्षा भइरहेको छ र पहाडी क्षेत्रका पनि केही स्थानमा पानी परिरहेको छ,’ मौसम विभागले जनाएको छ ।

आज दिउँसो पनि प्रदेश १ देखि ५ सम्म विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

राति पनि देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

कर्णाली र सुदूरपश्चिममा भने आज खासै वर्षाको सम्भावना देखिएको छैन।यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

भाद्र २८ गते (आइतबा)

दिउँसो स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती स् देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २९ गते(सोमबार)

दिउँसो स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ३० गते (मंगलबार)

दिउँसो स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,