Connect with us
Kapilvast Forest

कक्षा १२ का विद्यार्थीले नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

exam board

काठमाडौँ- कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो ।

विद्यार्थी खोज्न थालियो

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ (जिल्ला) भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ ।

सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,