Connect with us
Kapilvast Forest

सन्दीप आईपीएल खेल्न यूएईतर्फ

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

sandip

काठमाडौं-नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नु भएको हो । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उड्नु भएको हो ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनु भयो ।

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ।सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन्। आईपीएल आगामी असोज ३ गतेदेखि सुरू हुँदैछ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ। उनलाई दिल्ली क्यापिटल्सले ३२ लाखमा अनुबन्ध गरेको हो।सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो जानु भएको थियो ।नियमित उडान बन्द भएको अवस्थामा उहाँ कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो जमनु भएको थियो ।

यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उहाँले यसअघि दुई पटक सीपीएल खेलिसक्नु भएको छ ।

सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो।सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिएनु भएको थियो। उहाँ सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,