Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक पहिरो अपडेट : एक जना महिलाको शव भेटियो, १७ अझै बेपत्ता

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

pahuro

सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नाग्पुच्छे र भीरखर्क पहिरोमा बेपत्ता भएकामध्ये एक जना महिलाको शव फेला परेको छ ।

१७ जना बेपत्ता भएका छन् । शवको सनाखत हुन बाँकी छ ।शनिबार राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो । घरका सबै सदस्य बेपत्ता भएका छन् ।

भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको बताउनुभयो । स्थानीयहरु समेत खोजी कार्यमा जुटेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,