Connect with us
Kapilvast Forest

विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

ताप्लेजुङ- चन्द समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बूलाइ प्रहरीले पक्राउ गरेकोछ । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिबार पक्राउ गरेर उहाँलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

जिल्लाभरिनै अप्रेसन अभियान चलाएको प्रहरीले त्यो क्रम जारी रहेको पनि जनाएको छ । यसअघि ताप्लेजुङ इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ घरभएका पाँचथर इञ्चार्ज तथा मेचीब्युरो सदस्य राजु दास ताप्लेजुङ सेक्रेटरी नगरपति पौडेल, जन स्वयंसेवक संयोजक तारा थापा, जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्तिमोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की ‘डोली’लाई प्रहरीले पक्राउ गरेको थियो ।

उहाँहरुलाय झापाको दमकबाट पक्राउ गरेको थियो थिए । उहाँहरुले चन्द समूह छोडेको प्रेस विज्ञप्ति प्रकाशित समेत गर्नुृ भएको थियो । अहिले उहाँहरु झापा अदालतमा मुद्दा खेपिरहेका छन् भने सत्तारुढ नेकपाले पार्टी प्रवेश गराएको छ ।

त्यसपछि सेक्रेटरीको जिम्मेवारी पाएका किशोर लाइ ताप्लेजुङबाटै पक्राउ गरेको हो । उहाँलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ । पहिला केही सक्रिय रहेको चन्द समूहले अहिले आफ्ना कार्यकर्ता पक्राउलगायतको जानकारी गराउन छोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,