Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक पहिरोअपडेट: मृतक नौ जनाको पहिचान

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं-सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ। सभामुख अग्नि सापकोटा पनि घटनास्थलपुग्नु भएको छ।बाह्रबीसे ७ घुम्थाङमा पहिरो गएको हो। पहिरोले बस्ती नै पुर्दा ठूलो मानवीय क्षति हुनपुगेको हो।

पहिरामा पुरिएर २२ जना बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन्। पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,