Connect with us
Kapilvast Forest

दशैंमा मुस्ताङको च्यांग्रा, दाङ र हेटौंडाको खसी ल्याउने

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

khasi_boka_pakrau

काठमाडौं- दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी(बोका खरिद गर्न तयारी थालेको छ ।

घटस्थापनासम्म काठमाडौं ल्याई पुर्‍याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनु भयो  ।

कम्पनीको वाषिर्क कार्यक्रममा उक्त परिमाणको च्यांग्रा र खसी(बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याइएको उहाँको भनाइ छ ।

यसवर्ष मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुल्सीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा खसी किन्ने योजना कम्पनीको छ । कम्पनीले खरिद गर्ने च्यांग्रा तथा खसी बोकाको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिको सिफारिसअनुसार हुने छ ।गतवर्ष दशैंमा संस्थानले ५ सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,