Connect with us
Kapilvast Forest

श्रीमती लिन ससुराली पुगेका ज्वाईको हत्या, ससुरासहित ५ जना पक्राउ

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

fight

बाँके-   आफ्नै ज्वाइँको हत्या गरेको आरोपमा बाँकेमा ससुरासहित पाँच जना पक्राउ परेका छन् ।नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका(२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नेपालगञ्जस्थित नर्सिंङहोममा उपचारको क्रममा उनको मृत्यु भएको हो ।बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,