Connect with us
Kapilvast Forest

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

rambahadur-thapa-and-pakitani-rajdut-majhar-jabed.jpg

काठमाडौं -गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आइतबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत जावेदसँगको विदाइ भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान बीच सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उहाँलाई धन्यवाद दिनु भयो ।

 

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भयो ।

राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद् रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताउनु भयो ।

उहाँले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,