Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशिक अस्पतालको पिसिआर परीक्षणको शुल्क घट्यो,२४ घण्टामै रिपोर्ट दिने गरी परिक्षण गर्ने

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

lumbini-aspatal.jpg

बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २५ सय रुपयाँमा कोरोना परीक्षण हुने भएको छ । यस क्षेत्रको पुरानो र ठुलो अस्पताल मानिने लुम्बिनी प्रदेशिक अस्पतालको आज बसेको विकास समितिको बैठकले भोलिदेखी शुल्क घटनाउने निर्णय गरेको हो ।

बैठकले शुल्क घटाउने निर्णय गरेको अस्पतालका मेसु डा।राजेन्द्र खनालले बताउनु भयो । यस्तै अस्पतालमा पिसिआर परीक्षण पनि दोब्वर बनाई दैनिक ४ सयदेखि ५ सयको परीक्षण गर्ने तयारी भएको बताउनु भयो ।

यसअघि सोही अस्पतालमा पहिलोपटक परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने गरेको थियो भने पछिल्लो समयको शुल्क ४४ सय रहेको थियो । अब सोमबारदेखि २५ सयमा परीक्षण गर्ने नियम लागू हुनेगरी निर्णय भएको छ । त्यस्तै २४ घण्टामा रिपोर्ट दिने गरी कर्मचारी र मेसिनको व्यवस्थापन गरिएको समेत उहाँले बताउनु भयो ।

कुनै कारण कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकले सिफारीस गरेका बिरामी र कोरोना पुष्टी भएका बिरामीको सम्पर्कमा रहेका व्यतिmहरुलाई भने निःशुल्क रुपमा परीक्षण गरिँदै आएको छ । तर व्यक्तिगत रुपमै परीक्षण गराउन चाहनेहरुका लागि शुल्क लिने नीति रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,