Connect with us
Kapilvast Forest

नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयमा सीभीएस गठन

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

naryan

काठमाडौं-नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सचिवालयअन्तर्गत कोभिड १९ स्वयम् सेवा (सिभिएस) गठन गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठको सचिवालय अन्तर्गत रहने सिभिएसले कोभिड उपचारसम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने,आपतकालीन स्वास्थ्य परामर्श, आप्रबासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समन्वय तथा सहयोग गर्ने जनाइएको छ ।

सिभिएसले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी नीति, योजना र निर्देशलाई मुल मार्गदर्शन मानी कार्यान्वयनमा सहयोग पु¥याउने श्रेष्ठको सचिवालयले जनाएको छ।

पीसीआर परीक्षणपछि चाँडो रिपोर्ट प्राप्तिका लागि पहल गर्ने र सङ्क्रमण भएनभएको निश्चित नभएसम्मको लागि उक्त व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थाको विशेष ख्याल राख्न सहयोग पु¥याउने पनि सिभिएसले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,