Connect with us
Kapilvast Forest

नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं-सत्तारूढ नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरूको तत्काल नवीकरण गर्ने स्थायी कमिटीको निर्णय भएकाले अब यसबारेमा सर्कुलर हुने पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिनुभयो ।

नेकपा संगठन विभागको आज बसेको बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पूर्वएमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ।

संगठन विभागको बैठकले विभागको सदस्य र सचिवमा ज्ञानबहादुर भुजेललाई नियुक्त गर्न पार्टी सचिवलाई सिफारिस गरेको पार्टी कार्यालयका सचिव रिजालले बताउनुभयो ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,