Connect with us
Kapilvast Forest

दाङमा लकडाउन खुल्यो

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

dang police

दाङ-दाङमा भोलीबाट बजार तथा सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन । भोली बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार,सम्पुर्ण सरकारी कार्यालय, बैंक तथा वित्तिय संघसंस्थाका कार्यालय,उद्योग धन्दा कलकारखाना सवै खुल्ने भएका छन् ।

जिल्ला भित्र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोरबिजोर प्रणालीको आधारमा संचालनमा आउने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणको सावधानी अपनाउदै जिल्लामा विस्तारै लकडाउनलाई खुकुलो बनाउदै लैजाने उहाले बताउनु भयो ।

यस अघि गएको भदौ २१ गते जिल्ला सुरक्षा समितिको बैठकले आज राती १२ वजे सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

उहाका अनुसार दिनभर बजार खुल्ला भएपनि साँझ सात बजेदेखी विहान ६ बजेसम्म भने अत्यवाश्यक सवारी साधन र व्यापार व्यवासायी बाहेक अन्य सवै बन्द रहनेछन् । साथै अर्को निर्णय नहुदा सम्मका लागी हाल सभा ,सम्मेलन,समारोह , भेला,महोत्सव सन्चालन गर्न रोक लगाईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,