Connect with us
Kapilvast Forest

मन्त्रिमण्डल पुनर्गठनको तयारी,दुई वर्ष कार्यकाल पुगेका अधिकांश मन्त्री बिदा हुने

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गर्नुभएको छ ।

सत्तासीन दल नेकपामा नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको हो । पुनर्गठन गर्दा दुई वर्ष पुगेका सबै मन्त्रीलाई बिदा गर्ने प्रधानमन्त्री ओलीको तयारी रहेको स्रोतको भनाइ छ ।

अध्यक्षद्वयबीच पछिल्लो पटक दुई बर्ष मन्त्री भएका सबैलाई परिवर्तन गरेर नयाँलाई व्यक्तिलाई मन्त्री बनाउने सहमति भएको स्रोतको दाबी छ ।

दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयन भए उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, उर्जा तथा जलस्रोतमन्त्री वर्षामान पुन, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वनमन्त्री शक्ति बस्नेत विदा हुने सम्भावना छ ।

नयाँ आउने मन्त्रीहरुका बारेमा भने अझै टुङ्गो लागिसकेको छैन ।

पार्टी भित्रको विवाद समाधान गर्न साउन अन्तिममा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको थियो ।

उक्त कार्यदलले ६ भदौमा आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा पनि प्रभावकारी काम गर्ने गरी मन्त्रीमण्डल हेरफेर गर्न र सहमतिमा राजनीतिक नियुक्ति गर्न सुझाइएको थियो ।

कार्यदलको प्रतिवेदन अनुसार नै सरकारको नेतृत्व अध्यक्ष ओली र पार्टीको जिम्मेवारी अर्का अध्यक्ष दाहालले सम्हाल्ने सहमति भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,