Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट एउटै वडाका दुई जनाको मृत्यु

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

corona

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ का एक पुरुष र एक महिलाको कोरोना सक्रमण बाट ज्यान गएको छ । उनीहरु एउटै वडाका भएपनि उनीहरुबीच कुनै नातासम्बन्ध छैन।

भिम अस्पताल भैरहवामा उपचाररत शिवराज न.पा. वाड न ५ बर्ष ५८ का पुरुषको गए राती १० बजे मृत्यु भएको पुष्ठि भएको छ ।

उहाँ दमको बिरामी हुनुहुन्थ्यो । उहाको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज न.पा. वाड न ५ बर्ष ४७ महिलाको आज बिहान ४:३० बजे मृत्यु भएको पुष्ठि भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिनु भयो ।

उहाँ मिर्गौला तथा उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । उहाको भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कपिलवस्तुमा कोरोनादेखि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,