Connect with us
Kapilvast Forest

एभर्टनले टोटेनहमलाई हरायो

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

एभर्टनको विजयी सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको सिजनको पहिलो खेलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।

टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिगेजसहित मैदान उत्रिएको एभर्टनले टोटेनहमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ ।
जोसे मोरिन्होको टोटेनहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,