Connect with us
Kapilvast Forest

कुलमान घिसिङलाई फेरि नियुक्त गर्न कानूनी अड्चन, हितेन्द्रदेव शाक्य निमित्त कार्यकारी

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

kulman
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल हिजो सकिएको छ ।

अन्तिम दिनसम्म पनि सरकारले पुनः नियुक्तिबारे निर्णय नगरेपछि घिसिङ बिदा हुनुभएको हो ।

घिसिङ बिदा भएपछि निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिने तयारी गरेको छ । आजै शाक्यलाई निमित्त तोकिने बताइएको छ । शाक्य प्रमुख कार्यकारीको दौडमा कुलमानसँगै रहनुभएको छ ।

स्रोतका अनुसार पत्नी राधिका शाक्यको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओली पनि शाक्यलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाउने मुडमा रहनुभएको छ । तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल,उर्जामन्त्री वर्षमान पुन र बहुमत जनता समेत कुलमानकै पक्षमा रहेपछि प्रधानमन्त्री थप दबाबमा पर्नुभएको छ ।

यहीबीच नेकपाको हालै सम्पन्न स्थायी कमिटी बैठकले पनि सरकार र पार्टी दुवै अध्यक्षको आपसी सहमतिमा चलाउने निर्णय भएपछि प्रधानमन्त्री ओलीले अन्ततः कुलमानलाई नै कार्यकारी प्रमुखमा निरन्तरता दिनसक्ने सम्भावना बढेको छ । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेका लागि बोलाउनुभएको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी प्रमुखबारे निर्णय गर्नेछ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने उर्जा मन्त्रालयको दाबी छ । घिसिङको म्याद थप गर्ने हो भने ती अमिल्दा कार्यविधि संशोधन गर्नुपर्ने मन्त्रालय स्रोतको भनाइ छ ।

उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकोले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको मन्त्रालयले बताएको छ । यदि म्याद थप गर्ने हो भने उक्त कार्यविधि नै खारेज वा संशोधन गर्नुपर्ने हुन्छ । घिसिङलाई निरन्तरता दिन कानुनी अडचन देखिएपछि मुख्यसचिव लोकदर्शन रेग्मीले उर्जासचिव दिनेश घिमिरेलगायतलाई बोलाएर बिहीबार छलफल गर्नुभएको थियो । रेग्मीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दाहाललाई समेत रिपोर्टिङ गर्नुभएको थियो ।

सोही बैठकबाटै घिसिङले निरन्तरता संभावना नरहेको टुँगिएको जनाइएको छ । यद्यपि कानुनी अडचनलाई तत्कालै मन्त्रिपरिषदले हटाएर भए पनि कुलमानलाई पुनर्नियुक्ति गर्न सकिनेबारे पनि छलफल भएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,