Connect with us
Kapilvast Forest

काठेपुल भाँचियो, सवारी साधन आवतजावत बन्द

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

डोल्पा –ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट साद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्याक्टरको भार थाम्न नसकेर गत सोमबार पुल भाँचिएको हो ।

ट्याक्टर पुलको बीचमा पुगेलगत्तै पुल भाँचिएपछि ट्याक्टर पनि बीचमै फसेको स्थानीयबासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँचिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी सडकमा दुई वटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।

तीन करोडको पुल खोइ

तत्कालीन जिल्ला विकास समितिको तीन करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी २०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण शुरु गरिएको थियो । टेण्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिनुभएको थियो ।

पुल निमार्णको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताउनुभयो । निमार्ण व्यवसायी बुढाले पेश्कीस्वरूप लगेको रकमले स्थानीय ढुङ्गा, गिटी र बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डा खन्ने काममा खर्च भएको बताउनुभयो ।

तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ । पुल निमार्ण सम्पन्न गरिसक्नुपर्ने समयावधि विसं २०७४ चैतसम्म भए पनि तीन पटकसम्म म्याद थप गर्दासमेत निर्माण पूरा भएको छैन ।

जोखिम मोलेर सवारी यात्रा

समयमै पुल निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरू जोखिम मोलेर काठको पुलमार्फत ओहरदोहर गरिरहेका छन् । काठको पुलबाटै गाडिहरू वारपार गर्दा कुनै दिन ठूलो मानवीय दुर्घटना हुनसक्ने जीप चालक सुशील कठायतले बताउनुभयो ।

दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरूपमा यातायात सञ्चालन गर्ने वातावरण मिलाउन उहाँले माग गर्नुभयो । अघिपछि भन्दा बर्खायाममा खोला बढेको बेला वारपार गर्न एकदमै जोखिम हुने उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,