Connect with us
Kapilvast Forest

रेड पाण्डको छालासहित बाँकेमा ५ जना पक्राउ

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

red-pandaa.jpg

बाँके – प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित बाँकेमा पाँच जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिकाका ३२ वर्षीय कृष्ण वली, २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाका ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश विक र ३६ वर्षीय देवबहादुर बाँठालाइ पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका वडा नं। १ स्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

उहाँकाअनुसार उक्त छाला गणेश विक लगायतका व्यक्तिले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्न बाँके जिल्लामा ल्याउदा पक्राउ गरेको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,