Connect with us
Kapilvast Forest

पाइलट विजय लामा कोरोना संक्रमित

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

bijaya laamaa

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उहाँले कोरोना परीक्षणका लागि आइतबार स्वाब दिनु भएको थियो ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार आइतबार लामाको रिर्पोट पोजेटिभ आएको हो । कोरोना देखिएपछि अहिले उहाँ काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा रहनु भएको छ ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन उदय कोल्हात्करसमेत पनि संक्रमित रहेको र दुवै सोल्टी होटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलको क्वारेन्टिनमा राख्दै आएको छ ।क्याप्टेन लामा दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका थिए ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,