Connect with us
Kapilvast Forest

नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे,९ पदका लागि आवेदन माग

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

rel marga

जनकपुरधाम-नेपाल रेलवे कम्पनीले विभिन्न २९ वटा पदको लागि कर्मचारी माग गरेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदको लागि १२९ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । स्नातकदेखि लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरिएको छ । अधिकृत तृतीय स्तरको प्रशासन शाखाको लागि एकजना शाखा अधिकृतको माग गरेकाे छ ।

रेल विभागअन्तरगतकाे साे कम्पनीले कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जनाको माग गरेको छ । त्यस्तै सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको छ ।

आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनीको वेभसाईट https://nepalrailway.org मार्फत विभिन्न विज्ञापनमा अनलाईन दर्खास्त भर्न सक्ने जनाएको छ । अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहीन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,