Connect with us
Kapilvast Forest

दिनेश सञ्चारका पत्रकारलाई कुटपिट गर्ने समूहलाई कारवाही हुन्छ :मुख्यमन्त्री भट्ट

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

mukhyamantri-bhata.jpg

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारलाई कुटपिट गर्ने समूहलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाले कारवाहि गनेृ बताउनु भएको हो ।

‘सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउनेवित्तिकै मैले प्रहरी, प्रशासनसँग कुराकानी गरेको थिएँ,’ मुख्यमन्त्री भट्टले भन्नु भयो ,घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु मुख्यमन्त्री भट्टले भन्नु भयो ।’
शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका २० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो । समाचारको विषयलाई लिएर उहाँहरुमाथि हातपात भएको हो ।

आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासघ कैलालीको अगुवाइमा दोषीमाथि कारबाही गर्न दवाव दिन चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार आज जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिइएको छ भने भोलि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,