Connect with us
Kapilvast Forest

सिरहामा ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

corona death

 

जनकपुरधाम – कोरोना संक्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु भएको छ ।सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ बन्दिपुरकी ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनु भयो ।

लामो समयदेखि निमोनियाबाट ग्रसित रहेकी महिलाको पीसीआर परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

उपचारकै क्रममा  आइतबार साँझ साढे ५ बजे मृत्यु भएको प्रमुख यादवले बताउनु भयो ।योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,