Connect with us
Kapilvast Forest

बेलझुण्डी कोरोना विशेष अस्पतालमा ५ दिनभित्रै आईसीयू सेवा सञ्चालन हुने

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

दाङ-दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ दिनभित्रै आईसीयू सेवा सञ्चालन हुने भएको छ ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्देशनपछि ५ दिनभित्रै आईसीयू सेवा सञ्चालन हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पताल व्यवस्थापनका सदस्य सचिव डा। सर्वेश शर्माले कोरोना विशेष अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्ने बताउनु भयो । ‘वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. जितनारायण यादवको नेतृत्वमा एनेस्थेसियाका डाक्टरसहितको टिमले आगामी ५ दिनभित्रै कोरोना विशेष अस्पतालमा आईसीयू सेवा सञ्चालनमा ल्याउनमा विश्वस्त छु, आवश्यक उपकरण जडान र मोनिटर व्यवस्थापनको काम भइरहेको छ,’ सदस्य सचिव शर्माले बताउनु भयो ।

तात्कालीन प्रादेशिक अस्पताल तुलसीपुरमा आईसीयू सेवाका लागि लिइएका उपकरणहरु बेलझुण्डीमा लगिएका छन् । दुवै अस्पताल प्रादेशिक भएकाले एक अस्पतालका सामान अर्को अस्पतालमा लैजान मुख्यमन्त्री शंकर पोखरेलले फुकुवा गनुृ भएको छ ।

कोरोना विशेष अस्पताल स्थापनाकै क्रममा तत्कालीन तुलसीपुर अञ्चल अस्पतालमा सेवाका लागि तयारी अवस्थामा रहेका मेसिनलाई ल्याएर जडान गरेपनि बेलझुण्डी कोरोना विशेष अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन भने हुन सकेको छैन ।

तत्कालीन अस्पतालका मेसु डा। भोलाराम श्रेष्ठले अञ्चल अस्पतालमै आईसीयू सेवा सञ्चालनका लागि जनशक्ति एवं मेसिन र आवश्यक उपकरणको समेत व्यवस्थापन गरेका थिए ।

विश्वव्यापी कोरोनाको महामारी नियन्त्रणकै अभियानमा ५ नम्बर प्रदेश सरकारले अन्य कुनै विकल्प नखोजी आयुर्वेद स्नातक पढ्ने विद्यार्थीहरुको अध्ययन थलोलाई जवर्जस्तरुपमा कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरेको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलकै दबाबमा एउटा आयुर्वेद क्याम्पसमा कोरोना विशेष अस्पताल बनाइएको थियो । स्वास्थ्यकर्मी नै ।

तत्कालीन तुलसीपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाइएसँगै बिजौरीको आयुर्वेदिक अस्पताललाई पनि प्रादेशिक अस्पतालमा गाभिएको थियो । यी दुवै प्रादेशिक अस्पतालका जनशक्ति र त्यहीँका आवश्यक उपकरण तथा बेडसमेत बेलझुण्डीमा लगेर कोरोना विशेष अस्पतालका नाममा सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री पोखरेलले बेलझुण्डी कोरोना विशेष अस्पताल सञ्चालनका सन्दर्भमा आवश्यक उपकरण र जनशक्तिका विषयमा कुनै पनि पहल नगरेकोमा तुलसीपुरबासीले गुनासो गरिरहेका छन् ।

पछिल्लो समयमा स्थायी अस्पतालमा भएका सामग्री समेत म्यादी अस्पतालमा ल्याएर त्यसलाई वैधानिकता दिने काम भने हुन सकेको छैन । तर पनि आईसीयू मेसिन भएर पनि सेवा भने उपलव्ध नभएको अवस्थामा ५ नम्बर प्रदेशको विशेष ध्यानाकर्षण भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,