Connect with us
Kapilvast Forest

ओम्‍नी कम्पनी  एक वर्षका लागि कालो सूचीमा

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

omni-company.jpg

काठमाडौँ — विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,