Connect with us
Kapilvast Forest

कैलालीका पत्रकार आन्दोलित

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

kailali-journalist.jpg

कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई पक्राउ नगरिएको भन्दै कैलालीका पत्रकारहरू आन्दोलित भएका छन् ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले गृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । दिनेश खबर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सञ्चार गृहमा पुगेको समूहले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेको थियो ।

कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको तीन दिनसम्म पनि आक्रमणमा संलग्नहरू पक्राउ नपरेपछि कैलालीका पत्रकारहरु आइतबारदेखि आन्दोलित भएका हुन् । सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएका छन् ।नेपाल पत्रकार महासंघ कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

 

ज्ञापन पत्र बुझ्नै मुख्यमन्त्री भट्टले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई कारबाही हुने आश्वासन दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,