Connect with us
Kapilvast Forest

थप ८७९ जनाले कोरोनालाई जिते

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

corona

काठमाडौं- कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७९ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७१ दशमलव ५ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ३ सय ९३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ८ सय ९२ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार २ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना छन् ।

पछिल्लो घण्टामा देशभर १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ५१ हजार ४ सय ०५ जनाको पीसीआर परीक्षण भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,